पाकिस्तानमा ५१ प्रहरी कोरोना सङ्क्रमित

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ५९


पाकिस्तानको कराचीमा ५१ जना प्रहरीमा सङ्क्रमण देखिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।

सुरक्षाकर्मीहरु नै संक्रमित भएको घटनाले स्थिति झन् डरलाग्दो हुन सक्ने अनुमान गरिएको छ।

डन दैनिकका अनुसार त्यहाँ पाँच प्रहरी निरीक्षकमा समेत सङ्क्रमण पुष्टि भएकोमा एक जना निको भइसकेका छन्। निको भएका उनी अहिले अस्पतालबाट डिस्चार्ज भएर बसिरहेका छन्। सोमवार मात्रै थप दुई जना प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो।

सोमवारसम्मको विवरण अनुसार पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या १३,००० नाघेको छ भने २९२ जनाको निधन भइसकेको छ।

उसो त विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ५३४ पुगेको छ भने ३० लाख ६४ हजार १६१ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। 


प्रतिक्रिया दिनुहोस्