काठमाडाैं । भारतले चीनबाट आयात गरिएको द्रुत टेस्ट किटलाई निषेध गर्दै यसको आयात बन्द गरेको छ । राजस्थान र पश्चिम बंगालले किटको विश्वसनीयतामाथि प्रश्न उठाएसँगै भारतीय मेडिकल रिसर्च काउन्सिल (आईसीएमआर) ले पनि यसको प्रयोग नगर्न सल्लाह दिएको छ ।
चिनीया किटले राम्रोसँग कोरोनाको परीक्षण गर्न असफल भएपछि आईसीएमआरले त्यस्तो सल्लाह दिएको हो । दुई चिनियाँ कम्पनीहरू, गुआन्झाउ वन्डफो बायोटेक र लिभोन डायग्नोस्टिक्सबाट करीव पाँच लाख तीव्र एन्टिबिड टेस्ट किटहरू किनेको थियो र तिनीहरूलाई कोरोनाभाइरस संक्रमणको परिक्षण गर्न भारतका धेरै राज्यहरूमा वितरण गरिएको थियो ।
गुणस्तरीय किट उपलब्ध गराउने आश्वासन दिईएपनि दुई चिनियाँ कम्पनीहरुद्वारा आपूर्ति गरिएको किटहरुको प्रभावकारितामा “व्यापक भिन्नता” पाइएको छ I त्यसकारण सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुको मुख्य सचिवहरुसँगको कुराकानीमा आईसीएमआरले ती किट्सको प्रयोग रोक्न सुझाब दिएको हो ।
राज्य र केन्द्र शासित प्रदेशहरूलाई किटहरू फिर्ता गर्न अनुरोध गरिएको छ ताकि ती किटहरू आपूर्तिकर्ताहरूलाई फिर्ता पठाउन सकियोस्। राजस्थान र पश्चिम बंगाललगायत धेरै राज्यहरूले चिनिया किटको गुणस्तरको बारेमा गुनासो पनि गर्दै आएका थिए ।
आईसीएमआरले पीसीआर बिधिद्वारा घाटी/नाकको स्वाब परीक्षण नै कोभिड -१९ को परिक्षणको लागि उत्तम रहेको बताएको छ। सरकारी अधिकारीले भारतसंग कोभिड १९ को लागि पीसीआर परीक्षण गर्न पर्याप्त संख्यामा किट उपलब्ध रहेको दाबी गरेका छन ।