नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : १९


रौतहट । नेपालमा थप दुई जनामा कोरोना संक्रमण (कोभिड-१९) भेटिएको छ।

रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ। 

दुबैको काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुबैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाएको थियो। तर पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको अस्पतालले जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्