बालबालिकामा कोरोनाका असाधारण लक्षण देखिन थालेपछि चिकित्सक चिन्तित

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : ५८


काठमाडौँ । बालबालिकामा कोरोना भाइरसका असाधारण लक्षण देखिन थालेपछि चिकित्सक चिन्तित भएका छन्। 

बेलायतमा असाधारण लक्षण देखिएका केही बालबालिकामा पनि कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँका चिकित्सक चिन्तित बनेका हुन्। यसले कोरोनाभाइरस पहिले भन्दा फरक लक्षणसहित आउन सक्ने जोखिम देखिएको भन्दै बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अन्तर्गतका डाक्टरले चेतावनी दिएका हुन्।

बालबालिकामा उच्च ज्वरो, रक्तचाप कम, शरीरमा धब्बा तथा स्वासप्रस्वासमा समस्यासहितका समान लक्षण देखिएका हुन्। केहीमा पेट दुख्ने, वान्ता हुने वा झाडा लाग्नेसहितका लक्षण पनि देखिएका छन्। यसैगरी मुटु सुन्निनेसहितका लक्षण देखिएको डाक्टरले बताएका छन्। 

गम्भीर अवस्थामा पुगेका बिरामीमा ‘मल्टी–सिस्टम इन्फ्लामेसन’ सहित फ्लूका लक्षणहरु देखिएको डाक्टरको भनाइ छ। त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले सचेत हुनु पर्ने उनीहरुले बताएका हुन्। 

यस्तो समस्या देखिने बालबालिकाको यकिन संख्या थाहा भएको छैन, तर संख्या कम रहेको भने बताइएको छ। पछिल्ला केही दिनदेखि मात्रै बालबालिकामा असामान्य लक्षण देखिने र उनीहरु गम्भीर बिरामी पर्ने गरेको रिपोर्ट आएको एनएचएस इंग्ल्याण्डका मेडिकल डिरेक्टर स्टिफन पोविसले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्