नेपालकै पहिलो स्थानीय कोरोना संक्रमितको पाँचौ रिर्पोट सार्वजनिक

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : १७


कैलाली । कैलालीकी ३४ वर्षीया कोरोना संक्रमित महिलाको पाँचौ रिपोर्ट सार्वजनिक भएको छ। उनको पाँचौ रिर्पोट पनि कोरोना पोजेटिभ नै देखिएको छ। 

२५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाँचौ रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो। 

ती महिलामा नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना भाइरस सरेको थियो। उनका परिवारका युवक भने निको भएर घर फर्किसकेका छन्।

सेती प्रादेशिक अस्पतालमा पाँच जना कोरोना संक्रमित रहेकोमा चार जना निको भएर घर फर्किसकेका छन् भने अहिले ती महिलाको मात्र आइसोलेसन वार्डमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्