अब असभ्य तरिकाले खोक्दा र हाछ्यौँ गर्दा पनि सजाय

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : ५८


चीनमा अब असभ्य तरिकाले खोक्दा र हाछ्यौँ गर्दा पनि सजाय हुने भएको छ। कोरोना भाइरसको महामारीबाट तिङरिएको चीनले खोक्दा र हाछ्यौँ गर्दा पनि सजाय भोग्नु पर्ने कानुन ल्याएको हो। 

यो कानुन जुलाई १ बाट चीनको राजधानी बेइजिङमा लागु हुनेछ। सजायका रुपमा अलग अलग श्रेणीको जरिवाना लगाइने छ। नयाँ कानुनमा मानिसलाई सरसफाइमा ध्यान राख्नका लागि भनिएको छ। 

यदी कोही व्यक्ति कुनै संक्रमणबाट पीडित भए उसले इमानदारी पूर्वक जानकारी अस्पतालमा पुर्याउनु पर्नेछ। जरुरी जाँच र क्यारेन्टाइन अवधि पूरा गर्न र सबै जाँचलाई गम्भिरता पूर्वक लिन पनि अनुरोध गरिएको छ। सार्वजनिक स्थानमा सबैले एक मिटरको दूरीको पालना गर्नु पर्ने पनि कानुनमा उल्लेख गरिएको छ। 

घरमै पनि खाना खाने समयमा अलग अलग प्लेटको प्रयोग गर्न तथा जुठो चम्चा तथा भाँडाको प्रयोग नगर्न पनि बताइएको छ। 

यस आदेश अनुसार मुख र नाक नछोपेर खोक्नु वा हाछ्यु गर्नुलाई असभ्य भनिने छ। साथमा आफ्नै परिवारसँग पनि जुटो खाना शेयर गर्नुलाई पनि असभ्य बताइएको छ। बिरामी मानिसलाई सार्वजनिक स्थलमा नजान पनि अनुरोध गरिएको छ। 


प्रतिक्रिया दिनुहोस्