किम जोङ उन मिसाइल परीक्षणमा घाइते भएको उत्तर कोरियाकै पूर्व अधिकारीको दाबी

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : १३


काठमाडौँ । पछिल्लो समय उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न आशंकाहरु बाहिरीरहेका बेला उत्तर कोरियाकै पूर्व अधिकारीले भने सनसनीपूर्ण खुलासा गरेका छन्। 

उनले किम जोङ उन मिसाइल परीक्षणका क्रममा घाइते भएको हुनसक्ने आशंका व्यक्त गरेका हुन्। यी अधिकारीका अनुसार किम मिसाइल परीक्षणका क्रममा घाइते भएको हुन सक्ने सम्भावना छ । यही कारण किम सार्वजनिक कार्यक्रममा नदेखिएको ती अधिकारीले दाबी गरे । 

किम देशले कुनै पनि हतियार परीक्षण गर्ने क्रममा त्यहाँ उपस्थित हुन्छन्। तर पछिल्लो समय ११ अप्रिलमा भएको महत्वपूर्ण सार्वजनिक कार्यक्रममा भने किम अनुपस्थित रहे।

उत्तर कोरियाका पूर्व अधिकारीले दक्षिण कोरियाली अखबार मार्फत किम मिसाइल परक्षिणका क्रममा घाइते भएको हुन सक्ने दाबी गरेका हुन् । उत्तर कोरियाका पूर्व अधिकारी ली जिओंग होले एक दक्षिण कोरियाली अखबारलाई लेखेको पत्रमा भनेका छन् ‘हुन सक्छ किम १४ अप्रिलसम्म पूर्ण रुपमा स्वस्थ थिए र उनले मिसाइल परीक्षणको आदेश दिएका थिए। यही परीक्षणमा उनी घाइते भए । त्यसपछि अड्कलले बजार तात्यो।’

यद्यपि उत्तरु कोरियाको छिमेकी देशले भने यी रिपोर्टको खण्डन गरेको छ। दक्षिण कोरियाले किम गम्भीर रुपमा अस्वस्थ भएको वा मृत्यु भएको भन्ने दाबीको खण्डन गर्दै उनी पूर्ण रुपमा स्वस्थ भएको जनाएको थियो। 


प्रतिक्रिया दिनुहोस्