कोरोना भाइरसको महामारीलाई लिएर विश्वकै शक्तिशाली देश अमेरिका र चीन आमने सामने भएका छन्। सम्बन्ध यति चिसिदै भएको छ की अमेरिकाले लगातार चीनमाथि खुल्ला चेतावनी दिदै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भने, चीनले कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने थियो। हामीले गम्भिर जाँच गरिरहेका छौँ, उचित समयमा बताउनेछौँ।
ट्रम्पले चीनलाई चेतावनी दिदै भनेका छन्, यस्ता कयौँ तरिका छन्, जसले यसलाई जवाफदेही बनाउने छ। हामीले निकै गम्भिर जाँच गरिरहेका छौँ, शायद तपाईलाई पनि थाहा छ की हामी चीनसँग खुसी छैनौँ। किनकी हामीलाई लाग्छ चीनले कोरोना भाइरसको महामारी फैलिनबाट रोक्न सक्ने थियो। तर उसले त्यसो गरेन्।
उनले भनेका छन् हाम्रो देशमा कोरोनाबाट यतिधेरै मानिसको मृत्यु भइसकेको छ, यसलाई चीनले रोक्ने सक्ने थियो। हामी जस्तै कयौँ देश कोरोनाबाट पीडित भएका छन्, कयौँको ज्यान गएको छ।