बैतडीको तल्लोस्वराडमा एक किशोरी सोमबार मृतावस्थामा फेला परेकी छन् । शिवनाथ गाउँपालिका–४ की १८ वर्षीया गीता महर मृत फेला परेकी हुन्।
शनिबार घरबाटै एक्कासि बेपत्ता भएकी गीता गाउँपालिका–२ स्थित दोगडाखोलामा मृतावस्थामा फेला परेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “गीताको खोलाले बगाएर अर्थात् के कारण मृत्यु भएको भन्नेबारे खुल्न सकेको छैन ।” घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।