आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १२ : ५६


मिति २०७७ साल वैशाख १६ गते, मंगलबार, ईश्वी सन् २०२० अप्रिल २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि– पंचमी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । माया प्रेम तथा पति पत्नी विच विश्वासको वातावरणमा थप प्रगाडता आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । औषधीजन्य तथा खानेकुराको व्यापार व्यावसाय फस्टाएर जानेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा घर परिवारका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा प्रगती गरी नाम कमाउन सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिडी चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । 
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैया पैसा हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला। 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महशुष हुनेछ । पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु विच भनाभन हुने योग रहेकोछ । पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउँनेछैन। 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ। सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलि बढी गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्