कोरोनाका कारण इजरायलमा दश लाख बेरोजगार

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : ०४


इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिलेसम्म थप दश लाखभन्दा बढी बेरोजगार भएका छन्। 

इजरायली रोजगार सेवा (आइईएस)ले दिएको जानकारीअनुसार अहिलेसम्म कुल दश लाख ११ हजार २०५ जना बेरोेजगार भएका हुन्।

यो विवरण यही मार्च १ देखिको भएको अधिकारीहरुले बताएका छन् । त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएका थिए। 
 
आइतबार मात्रै ११ हजार ९३० जनाले बेरोजगार भत्ताका लागि निवेदन पनि दिएका छन्। इजरायलमा बेरोजगार भत्ताका लागि दैनिक निवेदन पर्ने गरेको छ। 

त्यसमध्ये अप्रिल ५ देखि अहिलेसम्म निवेदन दिएकामध्ये आइतबारको संख्या सबैभन्दा धेरै हो। 


प्रतिक्रिया दिनुहोस्