काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र पसलहरु अब बिहान १० बजेसम्म खोल्न पाइने भएको छ । लकडाउनको अवधिमा बजारलाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने मिलाउन लागेको हो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयाे । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै बैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन सोमबार कार्यपालिका बैठकमा यस्तो निर्णय गरिएको हो ।
बैठकमा लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एकरुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनु पर्ने सुझाव वडाध्यक्षहरुले दिएका छन् । मेयर शाक्यले वडाध्यक्षहरुलाई सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर किनमेलको व्यवस्था मिलाउन आग्रह गर्नुभएकाे हाे ।