अपराधिक गिरोह विरुद्ध घातक शक्ति प्रयोग गर्न सुरक्षाकर्मीलाई राष्ट्रपतिको अनुमति

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ५६


एजेन्सी । एल साल्भाडोरका राष्ट्रपति नाइब बुकेलेले आइतबार कोरोना भाइरस महामारीको बीचमा भएको हिंसालाई रोक्न आपराधिक गिरोहका सदस्यहरू विरुद्ध पुलिस र सेनालाई ुघातक शक्तिु प्रयोग गर्ने अधिकार दिएका छन्।

त्यहाँ शुक्रबार मात्रै २४ जनाको हत्या भएको रिपोर्ट छ। यो जून महिना पछिकै सबैभन्दा ठूलो हताहती हो। जूनदेखि राष्ट्रपति पद आसिन बुकिले आपराधिक गिरोहलाई तह लगाउने बताउँदै आएका छन्। 

आइतबार साँझसम्म त्यहाँको पुलिस प्रशासनले थप २९ हत्या केस दर्ता गरेको छ। 

बुकेलेले आपराधिक गिरोहहरूले सुरक्षाकर्मीहरू कोरोना भाइरसको महामारी नियन्त्रण गर्न व्यस्त समयको फाइदा लिइरहेको बताएका छन्।

त्यसैले उनले उनीहरु विरूद्ध कडा कदम चाल्न आइतबार सुरक्षाकर्मीहरूलाई घातक बल प्रयोग गर्ने अधिकार दिएका हुन्।

ुपुलिस र सशस्त्र बलले आफ्नो, आफ्ना सहकर्मीहरू र इमानदार नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्छ। आत्मरक्षा र साल्भाडोरका नागरिक जीवनको रक्षाका लागि घातक शक्तिको प्रयोग गर्न पाइन्छु, राष्ट्रपति बुकेलेले रोयटर्ससँग भने।

साल्भाडोरको जेलमा १२ हजार ८ सय ६२ जना आपराधिक समूहका सदस्यहरूलाई कैद गरेर राखिएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्