कुन्दन काफ्लेले विवाह खर्च कटाएर गरे कोरोना राहत कोषमा सहयोग

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ४७


काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता कुन्दन राज काफ्लेले आफ्नो विवाहको खर्च कटाएर कोरोना राहत कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेविसंघका पूर्व महामन्त्री समेत रहेका नेता काफ्लेले आफ्नो विवाहको खर्च कटाएर स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मार्फत नेपाल सरकारको कोरोना राहत कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।

स्वास्थ्यमन्त्री ढकाललाई नेता काफ्ले र धर्मपत्नी मेनुका अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

काफ्ले र अधिकारी हिजो आइतबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्