कोरोना विरुद्धको लडाईमा विजयी भएको न्युजिल्याण्डको घोषणा

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ४१


अकल्याण्ड । न्युजिल्याण्डले कोरोना भाइरस लाई नियन्त्रणमा लिन सफल भएको छ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले न्युजिल्याण्डमा परिक्षण गर्न बाँकी अब कोही नरहेको र देश कोरोना विरुद्धको युद्धमा विजयी भएको घोषणा गरेकी छन। तर, लडाईलाई सँगसँगै जारी राखिने छ।

कोरोना विरुद्धको लडाई जितेपछि न्यूजील्याण्डले आजै मध्यराति देखि देशव्यापी लगाइएको लकडाउन धेरै खुकुलो पार्ने भएको छ।

स्वास्थ्य विभागका महानिर्देशक ड एसले ब्लूमफिल्डले देशले आफ्नो लक्ष्य हासिल गरेको बताएका छन। 

उनले भने यसको मतलब कोरोना संक्रमणका कुनै घटना छैन भन्ने होइन्, तर ूहामीलाई थाहा थयो यो संक्रमणका घटना कहाँबाट आउँछन्।

न्युजिल्याण्डमा सोमबार एक जनामात्रै नयाँ कोरोना संक्रमित भेटिएका छन्। र एक जनाको मृत्यु भएको छ।

हालसम्म उक्त भाइरसका कारण देशभर १९ जनाको मृत्यु भएको छ भने १२ सय भन्दा कम संक्रमित रहेका छन्। संक्रमित मध्ये धेरै निको भएर घर फर्किसकेका छन्।

करिब ५० लाख जनसंख्या रहेको न्युजिल्याण्डमा प्रधानमन्त्री जेसिन्डा अर्डनको सफल नेतृत्वका कारण भाइरस नियन्त्रणमा आएको हो।

न्युजिल्याडमा सुरुवाति दिनहरुमा प्रतिदिन १० भन्दा धेरै संक्रमणका घटनाहरु पाइने गरेका थिए।

भाइरस विरुद्धको लडाई जितेर न्युजिल्याण्डले विश्वका लागि उदाहरण प्रस्तुत गरेको छ।


प्रतिक्रिया दिनुहोस्