ट्याक्टर दुर्घटनामा दाङमा एकको मृत्यु

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : १२


दाङ । दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

सोमबार विहान ११ बजे ट्याक्टर पल्टिँदा सोही ट्याक्टरमा काम गर्ने लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो। 

खोलामा बालुवा अनलोड गरि घर बनाउँदै गरेको स्थानमा पुर्‍याउने क्रममा आफै मजदुरी गर्ने रा१त ३४७० नम्बरको ट्याक्टरको टायरले किचिएर चौधरीको मृत्यु भएको निरीक्षक थपलियाले बताउनुभयो। शव लमही अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ। ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्