मृत्यु भएका भनिएका किम जोङको पत्र कसरी पुग्यो कामदार कहाँ ?

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : २५


काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यसम्बन्धी विभिन्न खबर सार्वजनिक भइरहँदा अर्को एक रहस्य पनि बाहिरीएको छ। 

किमको मृत्यु भइसकेको समाचार सार्वजनिक भएको भोलिपल्ट दक्षिण कोरियाले किमको मृत्युको खण्डन गर्दै उनी जीवित र ठिक भएको बताएको थियो। किम जोङको स्वास्थ्य अवस्था कस्तो छ र उनी कहाँ छन् भन्ने बारे रहस्य छाइरहेका बेला उनले लेखेको एक पत्र उत्तर कोरियाली कामदारहरु कहाँ पुगेको खबर सार्वजनिक भएको छ।

यो पत्र किम जोङ स्वयंले पठाएका हुन् वा उनको तर्फबाट अरु कसैले पठाएको हो भन्ने पुष्टि हुन सकेको छैन्। यद्यपि पत्रमा किमले देशको वनसन क्षेत्रमा पर्यटकीय क्षेत्र निर्माणको काममा खटिएका कामदारहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। उत्तर कोरियाली सरकारी मिडिया केसीएनले पत्रबारे जानकारी दिएको हो। 

यसअघि आइतबार पश्चिमा मिडियामा २ किसिमका समाचार सार्वजनिक भएका थिए। एउटा समाचारमा किमको मृत्यु भएको भनिएको र अर्को समाचारमा किम वनसन क्षेत्रमा रहेको बिलासी रिसोर्टमा रहेको भनिएको थियो।

‘सर्वोच्च नेता किम जोङ उनले वनसन क्षेत्रको पूर्वी किनारा क्षेत्रमा वनसन कालमा पर्यटकीय क्षेत्र निर्माणमा दत्तचित्त कामदारहरुको प्रशंसापत्र पठाएका छन्,’ उत्तर कोरियाको प्रमुख पत्रिका रोडोङ सिनमनले लेखेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्