हराएको सात महिनापछि कङ्काल फेला

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ४ : ३३


सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल  फेला  परेको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

 हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । बाख्रा चराउन गएका स्थानीयवासीले जंगलको खोल्सामा मानव कङ्काल भेटिएको खबर प्रहरीलाई गरेका थिए ।

बालकको घरदेखि आधा घण्टाको  पैदल दूरीमा उनको कङ्काल भेटिएको हो । प्रहरीसंँग घटनास्थल पुगेका बालकका परिवारका सदस्यले उनले लगाएको कपडा र साथमा रहेको सामसुङ मोबाइलबाट शव पहिचान गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

बालकको  मृत्यु आफैँ भएको नभई कसैले हत्या गरेको हुन सक्ने भन्दै परिवारले थप अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको छ  ।


प्रतिक्रिया दिनुहोस्