कस्तो छ किम जोङ उनको स्वास्थ्य अवस्था ? दक्षिण कोरियाले दियो ताजा अपडेट

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ४ : ०३


उत्तर कोरियाका शासक किम जोन उनको स्वास्थ्य अवस्थाका बारे दक्षिण कोरियाले ताजा अपडेट गराएको छ। उत्तर कोरियाली नेता किम जोङ जीवितै रहेको र उनी पूर्ण रुपमा स्वस्थ रहेको बताएको छ। दक्षिण कारियाले किम जोङको मृत्यु भएको खबरको खण्डन गर्दै उनी पूर्ण रुपमा ठिक रहेको बताएको हो। 

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका विदेश मामिला सल्लाहकार मुन चुङले उत्तर कोरियामा कुनै शंकास्पद गतिविधि नदेखिएको पनि खुलासा गरेका छन् ।

अमेरिकी मिडिया सीएनएनसँग कुरा गर्दै चुङले भने ‘किम जीवित छन् र ठिक छन्। उनी अप्रिल १३ देखि ओनसान क्षेत्रमा बसिरहेका छन् । कुनै पनि शंकास्पद गतिविधि देखिएको छैन।’ किम झण्डै २ हप्तादेखि सार्वजनिक रुपमा देखिएका छैनन्। अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक तथा आफ्ना हजुरबुवा किम इल सुङको जन्म जयन्तिको कार्यक्रममा किम अनुपस्थित थिए । त्यही आधारमा उनको स्वासथ्यका विषयमा धेरै अड्कलबाजी भइरहेको छ।

गत साता एक अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै सीएनएनले किमको सर्जरी गरिएको र उनको स्वास्थ्य स्थिति नाजुक रहेको बताएको थियो। अत्यधिक धुम्रपान, मोटोपना र अधिक कामका कारण किमलाई मुटुको समस्या भएको बताइएको थियो। दक्षिण कोरियाको राजधानीबाट सञ्चालिच डेली एनकेको एक रिपोर्टमा किम प्योङयाङको उत्तरी क्षेत्रको रिसोर्ट काउन्टी अफ ह्याङसनमा उपचाररत रहेको बताएको थियो। अप्रिल १२ मा किमको मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको अवस्था बिग्रेको अपुष्ट समाचार डेली एनएकेले प्रकाशित गरेको थियो।


प्रतिक्रिया दिनुहोस्