आज दिउँसो पनि देशभर मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : १८


काठमाडौँ । देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको छ भने हाल देशको केही स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसैगरी, राति देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्