कोरोनाविरुद्ध लड्न वैज्ञानिकमा पलायो नयाँ आशा, प्लाज्मा थेरापीको परीक्षण सफल

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : ०५


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ।

कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९७३ पुगेको छ भने २९ लाख ९४ हजार ४३६ जना संक्रमित भएका छन्। 

विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसको उपचारका लागि हरेक दिन नयाँ नयाँ तरिका प्रयोगमा आइरहेका छन्। यसै क्रममा प्लाज्मा थेरापी टेक्निकलाई लिएर डाक्टर तथा विशेषज्ञमा नयाँ आशा पलाएको छ। यस टेक्निकको प्रयोगबाट एक संक्रमितको उपचार सफल भएको छ। 

दिल्लीका एक ४९ वर्षीय कोरोना संक्रमित व्यक्ति म्याक्स अस्पतालमा भर्ना भएका थिए। उनको प्लाज्मा थेरापीको प्रयोगबाट उपचार गरिएको हो। थेरापीकै प्रयोगबाट उनको उपचार सफल भएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। अस्पतालमा भर्ना भएसँगै उनको स्वास्थ्य अवस्था बिग्रिदै गएको थियो। अक्सिजनको माध्यमबाट उनलाई जीवीत राखिएको थियो।

कोरोनासँगै उनमा निमोनिया पनि देखियो । त्यसपछि परिवारले उनलाई प्लाज्मा थेरापीको माध्यमबाट उपचार गर्न डाक्टरलाई सल्लाह दिए। उक्त सल्लाह अनुसार उनको उपचार भएसँगै उनी निको भएका अस्पताल स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस्