के भारतमा लकडाउन हट्ला ? प्रधानमन्त्री मोदीले गर्दै छन् आज मुख्यमन्त्रीसँग छलफल

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  २ : ४१


भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि जारी लकडाउन मे ३ मा सकिदैछ। लकडाउनका कारण भारतमा सबैभन्दा बढी मजदूर प्रभावित बनेका छन्। लकडाउन जारी रहेपनि भारतमा कोरोना संक्रमणमा कमी आएको छैन्। 

लकडाउनको समयावधि सकिनै लाज्दा लकडाउन खुकुलो बनाउने वा म्याद थप्ने भन्ने बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुख्यमन्त्रीहरुसँग छलफल गर्दै छन्। मोदीले आज बिहान १० बजे सबै मुख्यमन्त्रीसँग लकडाउनका विषयमा कुरा गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

बैठकमा मोदीले लकडाउनका कारण उत्पन्न समस्या, लकडाउन तेस्रो पटक थप्ने र गृहमन्त्रालयद्वारा जारी निर्देशनको पालनाका बारेमा मुख्यमन्त्रीसँग छलफल गर्ने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस्