अमेरिकामा पनि घट्यो कोरोना संक्रमण, मृत्युदरमा झण्डै आधा कमी

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १ : ३६


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै गरेको छ। 

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ भने ७३ हजार ८ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा निकै कम हो। अघिल्लो दिन ६ हजार ६९ जनाको मृत्यु भएको थियो भने ९० हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका थिए। 

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनाको मृत्यु भएको छ भने २६ हजार ५ सय ९ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको थियो भने ३५ हजार ४ सय १९ जना नयाँ संक्रमित थपिएका थिए। 

यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार ४१३ पुगेको छ भने ९ लाख ८७ हजार १६० जना संक्रमित भएका छन्। जसमध्ये १ लाख १८ हजार ७८१ जना उपचारपछि निको भएर घर फर्किएका छन्।  


प्रतिक्रिया दिनुहोस्