काठमाडौं। आफ्ना पार्टीका सांसद सुरेन्द्र यादव विरुद्ध 'अपहरण प्रयास' गरेको आरोपमा उजुरी दिन गएका जनता समाजवादी पार्टीका नेताको निवेदन प्रहरीले लिन आनाकानी गरेको छ।
नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका थिए।
तर, प्रहरीले लिन इन्कार गरेको पूर्वप्रधानमन्त्री समेत रहेको नेता बाबुराम भट्टराईले बताएका छन्।
यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?#SaveDrYadav pic.twitter.com/vofzToFBPZ
— Baburam Bhattarai (@brb1954) April 26, 2020
जनता समाजवादी पार्टीका नेता विश्वदिप पाण्डेयले महोत्तरीमा उजुरी गर्नुपर्ने भन्दै महानगरीय प्रहरी परिसरले इन्कार गरेको ट्विट मार्फत जानकारी दिएका छन्।
घटनास्थल महोत्तरी भएकाले यहाँ जाहेरी लिन प्रक्रिया नपुग्ने प्रहरीको भनाई छ।
एसपी र डीएसपीले जाहेरी दिने यहाँ हैन महोत्तरी जाऊ भनिरहेका छन् ! जबकि कानुनले नजिकको प्रहरी र यथाशीघ्र समयमा जाहेरी गर्ने भनेको छ ! प्रहरी परिसर टेकुमा एसएसपी गायब । अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानूनभन्दा माथि ओली सरकार ??
— Bishwadeep Pandey (@BishwadeepP) April 26, 2020
तत्कालिन समाजवादी पार्टीका सांसद रहेका यादवलाई 'अपहरण शैली'मा उठाएर काठमाडौं ल्याएको आरोप दुई सांसद सहित पूर्व आईजिपीमाथि लागेको छ।