भारतमा पछिल्लो २४ घण्टामै १८ सय ३६ जनालाई कोरोना संक्रमण, ४५ को मृत्यु

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : २९


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। 

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६९ जनाको मृत्यु भएको छ भने ९० हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका छन्।  

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार १६६ पुगेको छ भने २९ लाख २० हजार ९०५ जना संक्रमित भएका छन्। 

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामै ४५ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२५ पुगेको छ भने २६ हजार २८३ जना संक्रमित भएका छन्। 


प्रतिक्रिया दिनुहोस्