खसीको मासु महंगोमा बेच्ने पसललाई २ लाख जरिवाना

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : ०६


खसीको मासुलाई प्रतिकिलो रु एक हजार पाँस सयमा बिक्री गर्ने ललितपुरको एक मासु पसललाई कारवाही गरिएको छ।

चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले बढी मूल्यमा मासुको बिक्री वितरण गरेको पाइएकाले दुई लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उक्त मासु पसलले बढी मूल्यमा मासु बेचेको र मूल्य सूचीसमेत नराखेको पाइएकाले जरिवाना गरिएको हो।

नियमित बजार अनुगमनका क्रममा आज चापागाउँ दोबाटोमा सञ्चालित प्रतिमा फार्मेसीलाई सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेपछि रु दुई लाख जरिवाना गरिएको हो।

उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा औषधालयमा अनुगमगन गरिएको थियो।

विभागकै कर्मचारीलाई समेत सानो सर्जिकल मास्कको रु २० लिई खरीद बिलसमेत देखाउन नसकेपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो।
  
त्रिपुरेश्वरमा दर्ताविनै सञ्चालन भएको भण्डारी सर्जिकल हाउस र डिल्लीबजारस्थित राजु फ्रेस हाउसलाई पनि कारवाहीस्वरुप पचास÷पचास हजार जरिवाना गरिएको छ।

उक्त  हाउसमा मूल्य सूची नभएको भन्दै जरिवाना गरिएको विभागले बताइएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तिनलाई जरिवाना गरिएको विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्