नेमारकी आमाले प्रेमीलाई दिइन् ब्रेकअफ

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १२ : २६


आफ्ना छोरा भन्दा ६ बर्ष कान्छो केटासँग प्रेममा रहेकी चर्चित फुटबलर नेमारकी आमा नादिया गोन्साल्भेसको ब्रेकअफ भएको छ।

ब्राजिलयन सञ्चार माध्यमका अनुसार उनका प्रेमी तियागो रामोस पुरुषसँग डेटिङ गएको थाहा पाएपछि उनले सम्बन्ध तोडेकी हुन।

रामोस पुरुष सँग डेटिङ गएको तथा यसअघि पुरुष सँग प्रेममा रहेको थाहा पाएपछि गोन्साल्भेसले रामोसलाई ब्रेकअप दिएकी हुन।

१३ दिन अघि गोन्साल्भेसले आफू २३ बर्षीय केटासँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन्।

५२ वर्षीय नादियाले आफ्नो छोराभन्दा ६ वर्ष कान्छो केटासँग ‘डेटिङ’ मा रहेको तस्विर सार्वजनिक गरेपछि उनको चर्चा चुलिएको थियो।

तर, उनीहरुको सम्बन्ध २ हप्ता समेत टिक्न सकेन।

उनका नयाँ प्रेमी रामोस गेमर तथा मोडल हुन।

नादियाले नेमारका बुवासँग २५ वर्षलामो वैवाहिक बन्धन सन् २०१६ सालमा तोडेकी थिइन। 

एकल जिवन बिताइरहेकी नेमारकी आमाको नयाँ प्रेमको प्रसंगले चर्चा बटुलेको थियो।

नयाँ युवकसँगको प्रेममा नेमारको पनि स्वीकृति थियो। तर, सम्बन्ध टुटेको हो।

 


प्रतिक्रिया दिनुहोस्