दुई पटक जाँच गर्दा पनि भेटिएन कोरोना, तेस्रो पटकमा पत्ता लाग्यो, ३ दिनमै गयो नेपालीको ज्यान

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ४ : १८


काठमाडौँ । बेलायतमा कोरोना संक्रमणबाट फेरि अर्को नेपालीको ज्यान गएको छ। 

झापा घर भइ अहिले बेलायतको रेडिङमा बस्दै आएका हंसराज लिङ्देनको बुधबार रोयल बर्कशायर अस्पतालमा निधन भएको हो। 

कोरोनाको लक्षण देखिएपछि उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए। तर दुई पटक परीक्षण गर्दा पनि उनमा कोरोना पोजिटिभ देखिएको थिएन । तेस्रोपटक परीक्षण गर्दा मात्रै  उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । कोरोना पुष्टि भएको ३ दिनपछि उनको निधन भएको उनका नातेदार विजयविक्रम लिङ्देनले जानकारी दिए।

लिङ्देन सुगर र प्रेसरका विरामी थिए। उनलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो। श्रीमती र दुई छोरीका साथ १४ वर्षदेखि रेडिडमा बस्दै आएका लिङ्देन झापा खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए। 


प्रतिक्रिया दिनुहोस्