काठमाडौँमा अलपत्र परेका यात्रुको उद्धार गरेर उदयपुर जाँदै गरेको बस बर्दिबासमा दुर्घटना

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : ४४


काठमाडौँ । काठमाडौँमा अलपत्र परेका यात्रुको उद्धार गरेर उदयपुर जाँदै गरेको बस बर्दिबासमा दुर्घटनामा भएको छ। 

काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर जाँदै गरेको नम्बर नखुलेको बस बर्दिबास–३ पाटो भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा बसका सह–चालकको च्याप्पिएर ज्यान गएको महोत्तरीका डिएसपी माधव प्रधाद बुढाथोकीले जनाकारी दिनुभयो। 

उहाँले भन्नुभयो, 'बस दुर्घटना भएको भएर सहचालकको ज्यान गएको छ। अहिले प्रहरी टोली घटनास्थलमै छ। यात्रुको उद्धार भइरहेको छ। बसमा कति यात्रु थिए भन्नेबारे खुलेको छैन्।' 

दुर्घटना बारे पूर्ण विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्