पूर्व क्रिकेटर गौतम गम्भीरले गरे एकल महिलाको अन्तिम संस्कार

dainikonline
दैनिक अनलाइन | बैशाख १२, २०७७ शुक्रबार | 0

नयाँ दिल्ली । पूर्व क्रिकेटर एवं भाजपा सांसद गौतम गम्भीरले मानवताको एउटा उदाहरण प्रस्तुत गरेका छन।

कोरोना बिरूद्ध चलिरहेको लडाईको बीच उनले एक महिलाको अन्तिम संस्कार गरेका छन। 

आफ्नै घरमा विगत ६ बर्षदेखि काम गर्दै गर्दै आइरहेकी महिलाको गम्भीरले अन्तिम सँस्कार गरेका हुन।

ओडिशा निवासी सरस्वती पात्रा लामो समयदेखि रक्तचाप र चिनी रोगबाट संघर्ष गरिरहेकी थिइन्।

केही दिन अघि उनलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। अप्रिल २१ मा उनको उपचारको क्रममा अस्पतालमै निधन भएको थियो।

एकल महिला रहेकी उनको गम्भीरले छोरा बनेर अन्तिम संस्कार गरेका हुन।

उनको मृत्युमा गम्भीरले ट्वीटमा भनेका छन् ''उनी मेरो परिवारको हिस्सा हुन्। उनको अन्तिम संस्कार गर्नु मेरो कर्तव्य हो। जाति, धर्म, धर्म वा सामाजिक स्थिति जस्तोसुकै भए पनि मर्यादामा विश्वास गर्नुहोस्। यो मेरो लागि राम्रो समाज सिर्जना गर्ने तरिका हो। मेरो विचारमा भारत यही हो। ओम शांति।''

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय