राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री पुगे राष्ट्रपति निवासमा

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ४ : ४४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति निवास पुग्नु भएको छ । करिब डेढघण्टा अघि उनी राष्ट्रपति निवास पुगेको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार suryaले पनि प्रधानमन्त्री शीतलनिवास पुगेको जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुई अध्यादेशमध्ये राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री ओली तयार भएका थिए । राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नसक्ने अनुमान गरिँदै आएको छ ।
 


प्रतिक्रिया दिनुहोस्