काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमि वायू र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडिबाट समेत जलवाष्फ युक्त हावा नेपाल भित्रिएको छ। महाशाखाका अन्ुा् हाल देशभर आंशिक बदली रहेको छ।
मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷असिना र हावाहुरीसहित वर्षाको सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
शुक्रबारः दिउँसोः देशका मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भू-भागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
शनीबारः दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ।देशका पश्चिमका भू-भागका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका केहि स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग /असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आईतबारः दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ।देशभर केहि स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।