कञ्चनपुरमा र्‍यापिड टेस्ट गर्दा एक प्रहरीमा कोरोना पोेजेटिभ

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  १२ : ४३


धनगढी । र्‍यापिड टेस्टको क्रममा कञ्चनपुरका एक प्रहरी जवानमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। 

कोरोना पोजेटिभ देखिएपछि उनको थ्रोट स्वाब परीक्षण गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ती प्रहरी जवानको बिहीबार र्‍यापिड परीक्षण गरिएको थियो। 

थ्रोट स्वाब परीक्षणका लागि धनगढीस्थित प्रयोगशालमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्