उदयपुरमा मात्रै २८ जना कोरोना संक्रमित

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  १२ : ०८


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ जना पुगेको छ । ती मध्ये ९ जना निको भएर घर फर्किसकेका छन् भने ३८ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बैशाख ११ गते २ दुई जनामा संक्रमण देखिएको हो । उदयपुर जिल्लमा थप १ जनामा कोरोना संक्रमण देखिएपछि उदयपुरमा संक्रमितको संख्या २८ पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी भारतीय नागरिक छन् । 

त्यसैगरी जनकपुरमा पनि १ जनामा कोरोना पोजेटिभ देखिएको छ । उदयपुरकी ५५ बर्षीया महिला र जनकपुरका १४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

प्रवक्ता देवकोटाका अनुसार आजै पाटन अस्पतालमा उपचार गराइरहेका पेप्सीकोलामा २ जना संक्रमित निको भएर घर फर्किएका छन् । पेप्सीकोलाका ५८ बर्षीय पुरुष र ८१ बर्षीया महिला निको भएर घर फर्किएका हुन् । यसभन्दा अगाडि टेकु अस्पतालबाट २, सेती प्रादेशिक अस्पताल कैलालीकाट ३ जना र धौलागिरी अस्पताल बाग्लुडबाट २ जना गरी ७ जना डिस्चार्ज भइसकेका छन् ।
 


प्रतिक्रिया दिनुहोस्