चीन पसेका उत्तर कोरियाली नागरिकमा कोरोना भेटियो

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ११ : ४४


बेइजिंग । भागेर चीन पुगेका एक उत्तर कोरियालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यसै हप्ता सीमाबाट चीन छिर्न खोजे पछि चिनियाँ सेनाको गोली लागेर घाइते भएका कोरियाली नागरिकमा कोरोना भेटिएको हो।

अप्रिल २० तारिखमा अवैधानिक रुपमा चिन प्रवेश गर्न खोजेपछि उनलाई चिनिया सुरक्षागार्डले गोली हानेका थिए।

चीन र उत्तर कोरियाको सिमा छुट्याउने तुमने नदी पार गर्नेक्रमम गोली लागी घाइते भएका उनलाई अस्पताल लगिएको थियो।

जब उनी अस्पताल आइपुगे उनमा भाइरस पोजेटिभ पाइएको हो।

कोरोना पोजेटिभ पाइएपछि उनलाई क्वारेन्टाइनमा राखिएको उत्तर कोरिया सम्बन्धी गतिविधि हेर्ने डेली एनकेले उल्लेख गरेको छ।

उत्तर कोरियाले देशमा अहिलेसम्म एक जना पनि कोरोना संक्रमित नरहेको बताइरहेकै बेला यस्तो खबर सार्वजनिक भएको हो।

यो घटनाबाट उत्तर कोरिया पनि कोरोना महामारीको चपेटामा परेको अनुमान गरिएको छ।

हालै डेली एनकेले उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था गम्भीर भएको समाचार प्रकाशन गरेको थियो।

यस घटनाको विषयमा उत्तर कोरियाले कुनै प्रतिक्रिया जनाएको छैन। त्यहाँका संचारमाध्यममा समेत हाल किमको विषयमा समाचार प्रकाशित भएको छैन। 


प्रतिक्रिया दिनुहोस्