चीनमा फेरि फर्कियो कोरोना, ठूलो संख्यामा संक्रमण भेटिएपछि पूरै शहर सील

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  १० : १६


काठमाडौँ । कोरोना भाइरसको संक्रमण मत्थर भइसकेको चीनमा पुनः भाइरसको संक्रमण फर्किएको छ। ७४ दिन लामो लकडाउन खुलेसँगै जनजीवन सामान्य बन्दै गएको चीनलाई फेरि कोरोना भाइरसले धक्का दिएको हो। 

उत्तर पूर्वी शहर हार्बिनमा फेरि कोरोनाभाइरस तीब्र रुपमा फैलिएको पाइएपछि यो शहरलाई पूरै सिल गरिएको छ। वुहानपछि अब हार्बिन शहर कोरोना भाइरसको केन्द्रविन्दु बनेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। 

समाचारका अनुसार अहिले चीन सरकारले हार्बिन शहरलाई सील गरेको छ। हार्बिन शहर रुसको सीमासँग जोडिएको छ। यही कारण अधिकारीहरुले सावधानीका लागि पूरै क्षेत्रमा सबै गतिविधिमा पूर्ण रुपमा प्रतिबन्ध लगाएका हुन्। 

हिलोङ जियान प्रान्तको राजधानी हार्बिनमा नयाँ संक्रमितको संख्या ह्वात्तै बढेपछि यहाँ बाहिरी मानिस र वाहनको प्रवेशमा प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ। यो शहरमा जनसंख्या १ करोडभन्दा बढी छ। 

अधिकारीका अनुसार हिलोङजियांग प्रान्तमा ५३७ संक्रमितको पुष्टि भएका छन्। जसमध्ये ३८४ जना बाहिरबाट आएका व्यक्ति छन्। 


प्रतिक्रिया दिनुहोस्