लण्डन । बेलायतमा एक युवाले बाल्कोनीबाट अन्धाधुन्ध गोली चलाएका छन् ।
ती व्यक्तिले तल सडकमा अन्धाधुन्ध गोली हान्न थालेपछि केन्टको चथम स्थित अपार्टमेन्ट भवनमा सशस्त्र प्रहरी परिचालन गरिएको छ।
स्थानीयका अनुसार ती मान्छेसँग धेरै बन्दुकहरु रहेको छ। र उनले लगातार मानिसहरुलाई ताक्दै गोली हानिरहेका छन्।
यद्धपी हालसम्म कोही घाइते वा मृत्यु भएको खबर छैन। सार्वजनिक भएका फुटेमा ती व्यक्तिले गोली हानिरहेको देख्न सकिन्छ।
सामाजिक सञ्जालमा भेटिएको ती युवकको एउटा भिडियोमा समेत उनले पेस्तोल समातेको देखिन्छ।
He live-streamed it on Instagram too – FlexingMike. pic.twitter.com/a0KdR39qye
— Rahul (@Rahul__Uppal) April 22, 2020
Shooting guns Dockside Chatham pic.twitter.com/0wkz8zgVYd
— Jake Logan (@jakelogann) April 22, 2020
लकडाउनमा कारण घरमै रहेका उक्त टोलका मानिसहरुलाई अपरेसनको बेला घर छाड्न भनिएको छ।
उनी रहेको घरको माथिबाट हेलिकोप्टर पचिलान गरिएको छ।