काठमाडौँ । नेपालमा आज एकै दिन १० जनामा कोरोना संक्रमण (कोभिड १९) को पुष्टी भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ।
आज मात्रै उदयपुरमा थप १० जनालाई कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। एक जनाको संक्रमितको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् मंगलबार दिउँसो गरिएको थियो।
साँझ थप ९ जनामा पनि संक्रमण पाइएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको सङ्ख्या ४१ पुगेको हो। यो सहित उदयपुरमा मात्रै संक्रमितको सङ्ख्या २३ पुगेको छ। कोरोनाको आशङ्कामा उदयपुरमा तीन सय २० जनाको नमुना परीक्षण गरिएको थियो।