नेपालमा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ३८


काठमाडौं । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो। यससँगे कोरोना संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरमा साउदीबाट नेपाल फर्केका ३३ वर्षीय युवकसहित ९ जनामा कोरोना देखिएको हो ।

संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। गत शुक्रबार भुल्केमा रहेको उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो।

गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो। यी आठै जना मुस्लिम समुदायका हुन्। सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको हो।


प्रतिक्रिया दिनुहोस्