देशैभरिका छापा सञ्चारमाध्यमहरुका लागि आयो राहत र खुशीको खबर

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : २५


काठमाडौं । छापा सञ्चारमाध्यमहरुका लागि राहत र खुशीको खबर आएको छ । सरकारले कोरोना भाइरस र लकडाउनका कारण प्रकाशन हुन नसकेका पत्रपत्रिकाहरुलाई प्रकाशित हुन थालेपछि छुटेको लोककल्याणकारी विज्ञापन छापेपछि भुक्तानी दिने भएको छ ।

लकडाउनका कारण देशैभरिका पत्रपत्रिका बन्द भएपछि लोककल्याणकारी विज्ञापनको विषयमा सर्वत्र चिन्ता र चासो चुलिएको थियो । त्यसपछि प्रेस काउन्सिल नेपालले सरकारसमक्ष पत्रपत्रिकाहरुको विषयमा प्रस्ताव राखेको थियो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कोरोना र लकडाउनको कारण प्रकाशन हुन नसकेका पत्रपत्रिकालाई यसअवधिमा छुटेको लोककल्याणकारी विज्ञापन पछि छापेर भुक्तानी दिन प्रेस काउन्सिलले राखेको प्रस्तावको नेपाल सरकारबाट सुनुवाई भएको बताउनु भएको छ । उहाँले अनलाइन सञ्चार माध्यमका हकमा पनि राहत दिलाउने कोसिस जारी रहेको बताउनुभयो ।


 


प्रतिक्रिया दिनुहोस्