‘कसैकसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उनीहरुकै समस्या हो’

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : १०


काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले लोकतन्त्रमा जनताले दिने म्यान्डेटको सर्वोच्च स्थान हुने र जनअनुमोदनलाइ पंगु बनाउने तिकडम नचलोस भनेरै संसदिय दल वा निर्वाचित अथवा दल दर्ताका बखतको केन्द्रिय समिति वैधानिक हुने प्रावधान ल्याइएको बताउनुभएकाे छ ।

फेसबुकमार्फत पूर्वमन्त्रीसमेत रहनुभएका बाँस्कोटाले भन्नुभएकाे छ ‘कसैकसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उनीहरुकै समस्या हो । समस्या अध्यादेशमा होइन, उनीहरुको दोषि चश्मामा छ ।’

‘लोकतन्त्रमा जनताले दिने म्यान्डेटको सर्वोच्च स्थान हुन्छ । जनअनुमोदनलाइ पंगु बनाउने तिकडम नचलोस भनेरै संसदिय दल वा निर्वाचित अथवा दल दर्ताका बखतको केन्द्रिय समिति वैधानिक हुने प्रावधान ल्याइएको हो । अहिलेको कानुनमा भएका बिकृती हटाउन अध्यादेश आएको हो’ उहाँले भननुभएकाे छ ।


प्रतिक्रिया दिनुहोस्