बारा । राहतका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
कुहिएको दाल बेचेको घटनामा यस अघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो।
त्यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो । कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्।
उनी यादवका छोरा हुन् । कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर)मा शनिबार शिलबन्दी गरेको थियो ।