ल्याबले १९ जना स्वस्थ व्यक्तिलाई कोरोना संक्रमित देखाएपछि…

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : ३९


इजरायल । स्वस्थ १९ जना व्यक्तिलाई ल्याबले कोरोना संक्रमित देखाएपछि इजरायल सरकारले कोरोनाभाइरसको परीक्षण गर्नको लागि स्थापना गरिएको उक प्रयोगशालालाई नै बन्द गर्ने घोषणा गरेको छ। 

यहाँको स्वास्थ्य मन्त्रालयले यो प्रयोगशालाले १९ परीक्षणमा गलत रिपोर्ट दिएको भन्दै प्रयोगशाला बन्द गर्ने घोषणा गरेको हो। मध्य इजरायलको वेइजम्यान इन्ष्टिच्युट अफ साइन्स (डब्लुआइएस)मा रहेको प्रयोगशाला १० अप्रिलमा संचालनमा आएको थियो।

१९ अप्रिलमा दक्षिणी इजरायलमा रहेको असुता अस्पतालले डब्लुआइएसको परीक्षणको नतिजा गलत भएको बताएको थियो। डब्लुआइएसमा परीक्षण गरेपछि कोरोना पोजेटिभ रिपोर्ट आएका ९ जना बिरामीलाई असुता अस्पतालको कोभिड १९ वार्डमा भर्ना गरिएको थियो तर वास्तवमा ती ९ जना पूर्ण रुपमा स्वस्थ थिए। त्यस्तै अन्य स्वस्थ व्यक्तिको पनि ल्याबले कोरोना संक्रमित देखिएको थियो। 


प्रतिक्रिया दिनुहोस्