लकडाउनमा भारतबाट नेपाल आएका वडाअध्यक्षको आरडीटी परीक्षणमा कोरोना संक्रमण भेटियो

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : २५


जनकपुरधाम । लकडाउनका समयमा भारतबाट नेपाल आएका धनुषाका वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा कोरोना संक्रमण देखिएको छ।

धनुषाको जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो। उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ नेपाल आएका थिए। 

कोरोना रोकथामका नेपालमा लकडाउन भएका बेला उनी भारतबाट लुकेर घर आएका थिए। स्थानीयले उनी लुकेर घर बसेको बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए।

क्वारेन्टाइनमा राखिएका नौ जनाको परीक्षणमा ८ जनाको नेगेटिभ देखिएको छ भने वडाअध्यक्षको पोजेटिभ देखिए छ। आरडीटी टेष्टमा कोरोना पोजेटिभ देखिएपछि उनको स्वाब संकलन गरेर प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्