१० डिआईजीको बढुवा सदर

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ४८


काठमाडौं । नेपाल प्रहरीको डिआईजीमा बढुवा सिफारीस भएका १० जना एसएसपीको गृहमन्त्री रामबहादुर थापाले बढुवा सदर गर्नुभएको छ ।

प्रहरी मुख्यालयले १ नम्वर प्रदेशको प्रहरी प्रमुखमा ईश्वरबावु कार्की, दुई नम्बरमा धिरज प्रताप सिंह, तिन नम्वर प्रदेशमा बसन्त कुमार लामा,चार नम्बरमा घनश्याम अर्याल, पांच नम्वरमा रविन्द्र धानुक ६ नम्बरमा बसन्त पन्त र सात नम्बरमा उत्तमराज सुवेदीको सिफारीस गरेको छ ।

त्यसैगरी डिआईजी सहकुल थापाको सिआईबी,अरुण विसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, डिआईजी निरज शाही प्रहरी महानिरीक्षकको सचिवालय, प्रध्मुन कार्की विशेष ब्युरो,प्रकाशजंग कार्की ऐकेडेमी र डिआईजी सुर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवाका लागी सिफारीस भएको छ ।

डिआईजीमा बढुवा भएका १० जनालाई सोमबार १ बजे प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्