धनगढी । कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन्।
धनगढीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा रही उपचार गराइरहेका कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवक राज विक १६ दिनपछि निको भएर आइतबार घर फर्केका हुन।
दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।
भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।