‘कोरोनाबाट बच्न आफै सावधानी अपनाउनुपर्छ, खोप बन्छ नै भन्ने ग्यारेन्टी छैन’

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : ३६


एजेन्सी । विश्वभर फैलिएको घातक कोरोना भाइरस कहिले अन्त्य होला र सहज वातावरण बन्ला भनेर अहिले धेरैलाई चासो छ।

उक्त भाइरस विरुद्धको खोप तयार पार्न पनि विश्वभरका वैज्ञानिकहरु लागेका छन्।

बेलायती एक विज्ञले भने कोरोना संक्रमणबाट बच्न हरेक मानिस आफैले सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन।

विश्व स्वास्थय संगठन (डब्लुएचओ)का दुत डेविड नाबारोले कोरोना भाइरसको खोप विकसित हुने कुनै ग्यारेन्टी नभएको बताए।

मानिसले अब भाइरससँग जुध्दै जीवन अघि बढाउने उपाय खोज्नुपर्ने उनको चेतावनी छ।

डेभिड नाबरोले एक अन्र्तवार्तामा भनेका छन् ''हरेक भाइरस विरूद्ध  सुरक्षित र प्रभावकारी खोप बनाउनु सम्भव हुँदैन। केहि भाइरसको खोप तयार गर्न एकदम गाह्रो हुन्छ। त्यसकारण, हामीले भाइरसको खतराको बीचमा आफ्नो जीवनयापन गर्ने नयाँ तरिकाहरू खोज्नुपर्नेछ।''

संक्रामक रोगहरूका विशेषज्ञ रहेका उनले अगाडी भनेका छन्, ''यसको मतलब यो रोगको लक्षण हुने मानिसहरूलाई आइसोलेट गर्नुपर्छ । र उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूलाई पनि बुढापाकालाई भाइरसबाट जोगाउनुपर्ने हुन्छ। यस्ता रोगको उपचार हुने अस्पतालहरुको क्षमता बढाउँनु पर्छ। यो नै हाम्रा लागि अबको सामान्य अवस्था हो।''

यसअघि डब्लूएचओकै एक अधिकारीले पनि हाल विकास हुँदै गरेका एन्टीबडीले कुनै व्यक्तिलाई कोरोना भाइरसबाट प्रतिरक्षा गर्छ नै भन्ने प्रमाण नरहेको बताएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस्