नयाँ दिल्ली । आपत्तिजनक फेसबुक पोस्ट गरेको आरोपमा बलिउड अभिनेता एजान खान पक्राउ परेका छन्। पूर्व बिग बोस प्रतियोगी समेत रहेका एजाज खानलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
फेसबुक लाइभका क्रममा गरिएको टिप्पणीका सम्मबन्धमा सोधपुछका लागि उनलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनमाथि आईपीसीको धारा १५३ए र अन्य किसिमको आरोप लगाइएको छ।
उनीमाथि समुदायमा विरोधी भावनालाई बढावा दिएको पनि आरोप लागेको छ। यसअघि पनि आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा खानलाई गत वर्षको जुलाइमा पनि पक्राउ गरिएको थियो।
त्यस्तै अक्टुबर २०१८ मा पनि उनी लागुऔषधसहित पक्राउ गरेका थिए।