कोरोनाबाट अमेरिकापछि सबैभन्दा धेरै मानविय क्षति हुने देश इटलीको कस्तो छ पछिल्लो अवस्था ?

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  २ : २४


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५०५ जनाको मृत्यु भएको छ भने ८१ हजार २८७ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७५५ पुगेको छ भने २३ लाख ३० हजार ९३७ जना संक्रमित भएका छन्। जसमध्ये अहिलेसम्म ५ लाख ९६ हजार ५३७ जना उपचारपछि घर फर्किएका छन्। 

अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा अमेरिकामा मृत्यु हुनेको संख्यामा कमी आएको छ। पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ भने २९ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३९ हजार १४ पुगेको छ भने ७ लाख ३८ हजार ७९२ जना संक्रमित भएका छन्। 

अमेरिकापछि धेरै मानविय क्षति हुने देश इटालीमा पछिल्लो २४ घण्टामा ४८२ जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय ९१ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै इटलीमा अहिलेसम्म मृत्यु हुनेको संख्या २३ हजार २२७ पुगेको छ भने १ लाख ७५ हजार ९२५ जना संक्रमित भएका छन्। जसमध्ये अहिलेसम्म ४४ हजार ९ सय २७ जना उपचारपछि निको भएका छन् भने अन्यको उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्