काठमाडौं । फ्रान्सबाट फर्किदा कोरोना संक्रमित भएकी नेपाली विद्यार्थी प्रसिद्धि श्रेष्ठ निको भएकी छन्। श्रेष्ठलाई शनिवार डिस्चार्ज गरिएको छ।
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनलाई गत चैत १० गते कोरोना पुष्टि भएको थियो।
१९ वर्षीया श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डबाट डिस्चार्ज भएकी हुन।
पछिल्ला सबै टेस्टमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो।
हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।
नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो। उनी निको भइसकेका छन्।
दोस्रौ संक्रमितका रुपमा देखिएकी श्रेष्ठ २७ दिन अस्पताल बसेर शनिवार डिस्चार्ज भएकी हुन।
उनले आफू पूर्ण रुपमा निको भएर घर फर्किएको सञ्चार माध्यमलाई जानकारी दिएकी छन्।
फ्रान्सबाट नेपाल आएपछि श्रेष्ठ होम क्वारेन्टाइन बसेकी थिइन्।
उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।